‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला
युवाहरूको चेतावनी– माग सम्बोधन नभए आन्दोलन अझै कडा बनाइने
बागलुङ – बडिगाड गाउँपालिकामा ‘बालुवा काण्ड’ सम्बन्धी विवादलाई लिएर आज युवाहरूले आक्रोश पोख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
युवाहरूका अनुसार उनीहरू सो विषयमा छलफल गर्न गाउँपालिका कार्यालय पुगेका थिए। तर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासनिक अधिकृत अनुपस्थित भएको र छलफलबाट पन्छिन खोजिएको देखिएपछि उनीहरूले तीव्र असन्तोष प्रकट गरेका हुन्।
“जिम्मेवार निकाय पारदर्शी जवाफ दिनबाट टार्न खोज्दैछ। प्राकृतिक स्रोतको दुरुपयोग र अनियमितताबारे प्रष्ट जवाफ चाहिएको छ,” एक युवाले बडिगाड चौतारी सँगको कुराकानीमा भने।

उनीहरूले गाउँपालिका नेतृत्वलाई जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउँदै कार्यालयमै तालाबन्दी गरेका हुन्।
स्थानीयवासीका अनुसार ‘बालुवा काण्ड’ ले गाउँपालिकामा सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। ढुंगामाटो, बालुवा लगायतका स्रोत व्यवस्थापनमा देखिएका अनियमितताले सर्वसाधारण विशेषगरी युवाहरूलाई असन्तुष्ट बनाएको हो।

घटनापछि अहिले सम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा प्रशासनको औपचारिक धारणा आएको छैन। तालाबन्दी जारी छ भने युवाहरूले माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

ताजा अपडेट
- निर्वाचन, जनमत र राजनीतिक बहसमा डिजिटल माध्यम निर्णायक
- बडिगाडका युवालाई एकताबद्ध गर्ने उद्देश्यसहित “Gen Z Youth – बडिगाड” गठन
- युवाको सक्रिय सहभागितासहित न्वागी मेला–२०८२ का लागि २३ सदस्यीय मुख्य समिति – कृषि उत्पादन प्रदर्शनीदेखि सांस्कृतिक कार्यक्रमसम्म
- “न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” गठन
- बडिगाड गाउँपालिका : प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सम्भावनाको गाउँ
- ‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला


तपाईको प्रतिक्रिया