Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठराजनीति‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला

‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला

युवाहरूको चेतावनी– माग सम्बोधन नभए आन्दोलन अझै कडा बनाइने


बागलुङ – बडिगाड गाउँपालिकामा ‘बालुवा काण्ड’ सम्बन्धी विवादलाई लिएर आज युवाहरूले आक्रोश पोख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

युवाहरूका अनुसार उनीहरू सो विषयमा छलफल गर्न गाउँपालिका कार्यालय पुगेका थिए। तर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासनिक अधिकृत अनुपस्थित भएको र छलफलबाट पन्छिन खोजिएको देखिएपछि उनीहरूले तीव्र असन्तोष प्रकट गरेका हुन्।

जिम्मेवार निकाय पारदर्शी जवाफ दिनबाट टार्न खोज्दैछ। प्राकृतिक स्रोतको दुरुपयोग र अनियमितताबारे प्रष्ट जवाफ चाहिएको छ,” एक युवाले बडिगाड चौतारी सँगको कुराकानीमा भने।

उनीहरूले गाउँपालिका नेतृत्वलाई जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाउँदै कार्यालयमै तालाबन्दी गरेका हुन्।

स्थानीयवासीका अनुसार ‘बालुवा काण्ड’ ले गाउँपालिकामा सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। ढुंगामाटो, बालुवा लगायतका स्रोत व्यवस्थापनमा देखिएका अनियमितताले सर्वसाधारण विशेषगरी युवाहरूलाई असन्तुष्ट बनाएको हो।

घटनापछि अहिले सम्म गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा प्रशासनको औपचारिक धारणा आएको छैन। तालाबन्दी जारी छ भने युवाहरूले माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया