युवाको सक्रिय सहभागितासहित न्वागी मेला–२०८२ का लागि २३ सदस्यीय मुख्य समिति – कृषि उत्पादन प्रदर्शनीदेखि सांस्कृतिक कार्यक्रमसम्म
मुल समितिमा २३ सदस्य समेटिँदा युवा प्रतिनिधित्वसहित १६ कार्यक्रमको रूपरेखा, गाउँको पहिचान झल्कने कृषि उत्पादन र सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण
बडिगाड चौतारी
खारा बजार, बडिगाड–५

खारा बजारमा आज (कार्तिक १४) बसेको बैठकले “पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” लाई थप सशक्त बनाउँदै ७ जना नयाँ सदस्य चयन गरेको छ। नयाँ सदस्य थपिएपछि समितिको कुल संख्या २३ जना पुगेको छ।
Gen – Z (Youth)को प्रतिनिधित्व सुनिश्चित गर्न


लाई औपचारिक रूपमा समितिमा थपिएको छ। बैठकले स्थानीय युवाको सक्रिय भूमिका मेलाको सफलताका लागि महत्त्वपूर्ण भएको भन्दै निरन्तर सहभागी हुन आह्वान गरेको छ।
यसअघि १६ सदस्यीय रूपमा गठन भएको समितिलाई पूर्णता दिँदै आज थपिएका सबै सदस्यहरूको नाम सर्वसम्मत रूपमा पारित गरिएको हो।

बैठकले यस वर्षको पौंदी न्वागी मेलालाई अझ व्यवस्थित बनाउन १६ वटा फरक–फरक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। ती कार्यक्रमहरूमा सांस्कृतिक प्रस्तुति, खेलकुद, कृषि उत्पादनको प्रदर्शनी, परम्परागत नृत्य लगायत समुदायको पहिचान झल्काउने विविध गतिविधिहरू रहने समिति स्रोतले जानकारी दिएको छ।

समितिका अध्यक्ष श्री कृष्णबहादुर घिमिरेले मेलालाई सांस्कृतिक पहिचान, एकता र नयाँ पुस्तासँगको समन्वयमार्फत अझ मजबुत बनाइने बताए। आगामी दिनमा उप–समितिहरू, आर्थिक योजना, प्रचार–प्रसार तथा कार्यक्रमहरूको विस्तृत तालिका सार्वजनिक गरिने जानकारी पनि दिनुभयो।
बागलुङ–गुल्मी सीमाक्षेत्रमा मनाइने पौंदी न्वागी मेला स्थानीय पहिचान, संस्कार र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ। नयाँ समितिको सक्रियताले यस वर्षको मेलाप्रति स्थानीयले उच्च अपेक्षा राखेका छन्।
– बडिगाड चौतारी
ताजा अपडेट
- युवाको सक्रिय सहभागितासहित न्वागी मेला–२०८२ का लागि २३ सदस्यीय मुख्य समिति – कृषि उत्पादन प्रदर्शनीदेखि सांस्कृतिक कार्यक्रमसम्म
- “न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” गठन
- बडिगाड गाउँपालिका : प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सम्भावनाको गाउँ
- ‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला
धेरैले पढेको
- ‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला
- “न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” गठन
- बडिगाड गाउँपालिका : प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सम्भावनाको गाउँ
- युवाको सक्रिय सहभागितासहित न्वागी मेला–२०८२ का लागि २३ सदस्यीय मुख्य समिति – कृषि उत्पादन प्रदर्शनीदेखि सांस्कृतिक कार्यक्रमसम्म


तपाईको प्रतिक्रिया