Techie IT
  • बुधबार, कात्तिक १९, २०८२ / Wednesday, November 5, 2025
गृहपृष्ठबडीगाड फोकस (स्थानिय)“न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” गठन

“न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” गठन

पुरानो समितिको कार्यकाल सकिएपछि १६ सदस्यीय नयाँ समिति चयन, सम्भव भएसम्म कार्तिक १२ मा अर्को बैठक बस्दै


बडिगाड चौतारी समाचार
बडिगाड–५, बागलुङ 

बागलुङ – खार बजारमा कार्तिक ११ गते आयोजित भेलाले नयाँ “पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समिति – २०८२” गठन गरेको छ।
पुरानो समितिको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति गठन गरिएको हो।

स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले मेला र संस्कृतिको निरन्तरता सुनिश्चित गर्न १६ सदस्यीय नयाँ समिति चयन गरेको छ। समितिले न्वागी मेलालाई अझ व्यवस्थित, समावेशी र सांस्कृतिक रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ।

नवगठित समितिको पदाधिकारी सूची यसप्रकार छः

  • अध्यक्ष (संरक्षक): श्री कृष्ण बहादुर घिमिरे
  • उपाध्यक्ष: धुर्व बहादुर घिमिरे र प्रदीप खरेल
  • सचिव: विष्णु प्रसाद आचार्य
  • सह–सचिव: बुद्ध परियार
  • कोषाध्यक्ष: रमेश बहादुर घिमिरे
  • अन्य सदस्य: १० जना

बैठकले समितिसँगै ९ जना सल्लाहकार पनि चयन गरेको छ। नयाँ समितिले मेला सञ्चालनका विविध पक्ष—जस्तै आर्थिक योजना, व्यवस्थापन, प्रचार–प्रसार र सांस्कृतिक कार्यक्रमहरू—लाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ।

बैठकले थप निर्णय गर्दै भनिएको छ कि उप–समिति निर्माण र कार्यक्रमको विस्तृत योजना बनाउन सम्भव भएसम्म कार्तिक १२ गते पुनः बैठक बस्ने तयारी भइरहेको छ।

स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि हरेक वर्ष आयोजना हुँदै आएको पौंदी न्वागी मेला यस क्षेत्रको साझा गर्वका रूपमा स्थापित हुँदै आएको छ। नयाँ समितिको नेतृत्वमा यस वर्षको मेला अझ उत्साहजनक र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

– बडिगाड चौतारी



तपाईको प्रतिक्रिया