बडिगाडका युवालाई एकताबद्ध गर्ने उद्देश्यसहित “Gen Z Youth – बडिगाड” गठन
देश–विदेशमा रहेका बडिगाड मूलका युवाहरूलाई पनि जोड्दै Gen Z Youth – बडिगाड गठन
बडिगाड, बागलुङ —
बडिगाडका युवालाई एकताबद्ध गर्दै विकास, नेतृत्व र सामाजिक जिम्मेवारीमा सक्रिय बनाउने उद्देश्यसहित “Gen Z Youth – बडिगाड” नामक नयाँ युवा समूह गठन भएको छ।
यस समूहले बडिगाडमा बसोबास गर्ने मात्र नभई विभिन्न कारणले देश–विदेशमा रहेका बडिगाड मूलका युवाहरूलाई समेत एउटै साझा मञ्चमा जोड्ने लक्ष्य राखेको छ। समूहमा १६ देखि ३९ वर्ष उमेरका युवाहरू सदस्य बन्न सक्नेछन् भने उमेरको सीमा नभएका अनुभवसहितका व्यक्तिहरू सल्लाहकारका रूपमा आवद्ध हुन सक्नेछन्।
समूहका संयोजकहरूले भने:
“यो कुनै पनि राजनीतिक दलसँग आबद्ध संगठन होइन। ‘Gen Z (Youth) – बडिगाड’ युवाको साझा आवाज, नेतृत्व विकास र बडिगाडको समग्र हितका लागि समर्पित स्वतन्त्र समूह हो।”
🎯 समूहका उद्देश्यहरू
- युवालाई नेतृत्व, क्षमता र सामाजिक जिम्मेवारीमा सक्षम बनाउने
- शिक्षा, संस्कृति, खेलकुद र सामाजिक सेवामा सक्रिय भूमिका खेल्ने
- रोजगारी, उद्यमशीलता र अवसर सिर्जनामा युवाहरूलाई सहकार्यमा ल्याउने
- बडिगाडका युवाहरूको साझा आवाज बनाउँदै सकारात्मक पहल र दबाब सिर्जना गर्ने
👥 सदस्यता योग्यताः
- सदस्य: १६–३९ वर्ष उमेर समूहका बडिगाड मूलका युवा
- सल्लाहकार: उमेरको कुनै सीमा नभई अनुभव, मार्गदर्शन र सुझाव दिन इच्छुक व्यक्तिहरू
📝 सदस्यता लिने तरिका
इच्छुकले निम्न दुईमध्ये कुनै एक माध्यमबाट सदस्यता लिन सक्नेछन्:
- आधिकारिक सामाजिक सञ्जाल पेज/प्रोफाइलमा Direct Message (Inbox) पठाएर आफ्नो नाम, उमेर, हालको बसोबास र रुचिको क्षेत्र साझा गर्ने।
Facebook:
https://www.facebook.com/profile.php?id=61583974746043 - उपलब्ध Google Form लिंकमार्फत अनलाइन दर्ता गर्ने।
Link: https://forms.gle/6d4jWHo7gmZUxcSg7
दर्तापछि समूहको टिमले आवश्यक प्रक्रिया पूरा गरी सम्पर्क गर्नेछ।
आयोजकहरूले आगामी दिनमा युवामुखी तालिम, सामाजिक अभियान, छलफल कार्यक्रम र सामुदायिक गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको जनाएका छन्।
स्थानीय युवाहरूले यस पहललाई बडिगाडको विकासका लागि सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्।
थप जानकारी र अपडेटका लागि ‘Badigad Chautari’ र ‘Gen Z (Youth) – बडिगाड’ का आधिकारिक पेजहरू हेर्न सकिन्छ।
Facebook:- https://www.facebook.com/profile.php?id=61583974746043
TikTok:- https://www.tiktok.com/@genzyouthbadigad
✍️ Badigad Chautari
ताजा अपडेट
- बडिगाडका युवालाई एकताबद्ध गर्ने उद्देश्यसहित “Gen Z Youth – बडिगाड” गठन
- युवाको सक्रिय सहभागितासहित न्वागी मेला–२०८२ का लागि २३ सदस्यीय मुख्य समिति – कृषि उत्पादन प्रदर्शनीदेखि सांस्कृतिक कार्यक्रमसम्म
- “न्वागी मेला तथा संस्कृति संरक्षण समिति–२०८२” गठन
- बडिगाड गाउँपालिका : प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सम्भावनाको गाउँ
- ‘बालुवा काण्ड’ प्रकरणमा युवाहरूको आक्रोश, गाउँपालिकाको कार्यालयमा ताला


तपाईको प्रतिक्रिया